प्रभु बैंकको लाभांश राष्ट्र बैंकबाट स्वीकृत


काठमाडौं । प्रभु बैंकको नेपाल राष्ट्र बैंकले लाभांशलाई स्वीकृत गरेको छ । बैंकको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७८।७९ को नाफाबाट शेयरधनीलाई लाभांश वितरणका लागि प्रस्ताव गरेको थियो । सोही लाभांश स्वीकृतिका लागि पेश गरेकोमा नेपाल राष्ट्र बैंकले मंसिर १२ गते स्वीकृत गरेको हो
बैंकले गत आर्थिक वर्ष २०७८।७९ को नाफाबाट शेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको ६.५० प्रतिशत बोनस सेयर र १.५ प्रतिशत नगद लाभांश गरी कूल ८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । बैंकको हाल चुक्ता पूँजी १२ अर्ब ७० करोड ८७ लाख रुपैयाँ रहेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *