प्रधानमन्त्री देउवालाई प्रकाशमानको ब्रिफीङ,प्रधानमन्त्री बन्ने मनस्थितिमा प्रचण्ड

काठमाडौं । नेपाली कांग्रेस नेता प्रकाशमान सिंहले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेका छन् । शुक्रबार बिहान नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेलगत्तै नेता सिंहले बालुवाटार पुगेर प्रधानमन्त्री देउवालाई भेट गरेका हुन् ।

नेता सिंहले प्रचण्ड सहजै प्रधानमन्त्री पदबाट पछि नहट्ने आफूले पाएको प्रधानमन्त्रीलाई ब्रिफीङ गरेका थिए । प्रधानमन्त्री देउवाले यसबारे सत्तागठबन्धनभित्र घनीभूत छलफल गरिने बताएको बालुवाटार स्रोतले जनाएको छ ।

प्रचण्ड सकेसम्म वर्तमान सत्ता गठबन्धनको समर्थनमा प्रधानमन्त्री बन्ने, नत्र एमाले र साना दलको समर्थनमा प्रधानमन्त्री बन्ने मनस्थितिमा रहेको बुझिएको छ । प्रचण्ड जसरी पनि आफू प्रधानमन्त्री बन्ने दाउमा छन् । त्यसका लागि उनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री देउवासँग समानान्तर पहल गरिरहेका छन् ।

देउवा विभिन्न दूतमार्फत् प्रचण्डलाई मनाउन खोजिरहेका छन् भने प्रचण्ड कुनै पनि हालतमा देउवालाई गलाउन लागिपरेका छन् ।

बिहीबार बेलुकी प्रधानमन्त्री देउवा,प्रचण्ड र माधव नेपालबीच बालुवाटारमा सत्तासमीकरणबारे छलफल भएको थियो। गठबन्धन दलभित्र प्रधानमन्त्री को बन्नेबारे टुंगो लगाउन सकस देखिएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले सरकार गठनका लागि पुस १० गतेसम्म समयसीमा दिएकी छन् । दुई दिन बाँकी रहँदा गठबन्धनका नेताहरू सरकार गठनका लागि छलफल तीव्र पारेका हुन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *