झलनाथ र उपेन्द्रबीच पार्टी एकता कि बाम ध्रुवीकरण ?

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनाल र जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवबीच शुक्रबार वर्तमान राजनीतिक घछटनाक्रमलाई लिएर छलफल भएको छ ।
नेता खनाललाई भेट्न जसपा अध्यक्ष उपेन्द्र यादव खनालको निवास डल्लु गएका थिगए ।

‘हामीले अहिलेको घटनाक्रमबारे छलफल गर्यौं। यादवजीले अहिलेको त्रिशंकु संसदबारे चिन्ता जनाउनुभयो,’ नेकपा एसका सम्मानित नेता खनालले भने । ‘वाम एकता गरेर अघि बढ्नुपर्ने यादवजीको सुझाव थियो। उहाँले सत्ताका लागि भन्दा पनि स्थायित्वको लागि सहकार्य हुनुपर्छ भन्नुभयो।’

अहिलेको सत्ता गठबन्धनबारे भने कुनै छलफल नभएको खनालले बताए । भेटमा यादवले दुबै समाजवादी पार्टी एकतामा जोड दिएका थिए भने खनाललाई बाम ध्रुबीकरणको विषयलाई प्राथमिकता दिनु पर्ने धारणा राखेका थिए । चुनाव अगाडि नेकपा एकीकृत समाजवादीसँग पार्टी एकताको विषयमा छलफल चलाएका अध्यक्ष यादवले चुनाव पछाडि पनि यो प्रयासलाई ठोस रुपमा अगाडि बढाउन चाहेका छन् ।

समाजवादी एकताको प्रस्ताव लिएर शुक्रबार अध्यक्ष यादवले एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालसँग भेटवार्ता केन्द्रित भएको एक नेताले बताए । नेताहरुका अनुसार खनाल निवासमा डेढ घण्टा बढी छलफल भएको थियो ।

समाजवादी एकताका लागि एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल तयार रहे पनि सम्मानित नेता खनाल भने वाम ध्रुबीकरण र एकतामा जोड दिने नेताहरूमध्ये अगाडि देखिन्छन् ।

नेकपा एमाले र नेकपा एकीकृत समाजबदीका उच्च तहका नेताबीच वार्ता र छलफल हुन थगालेको चर्चा चलेसँगै पूर्वप्रधनमन्त्री खनाल र जसपा अध्यक्ष उपेन्द्र यादवबीचको भेटघाट र छलफललाई निकै महत्वका साथ हेरिएको छ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *