झापा जिल्ला स्थित अर्जुनधारा नपा वडा नं १०, कालिस्थानमा नोबेल मेडिकल अस्पतालको सहयोगमा २ दिने निशुल्क स्वास्थ शिविर बस्दै

झापा । झापा जिल्ला, अर्जुनधारा नगरपालिका वडा नं १० का वडा अध्यक्ष भुपेन्द्र न्यौपानेको विशेष पहलमा आयोजना हुन गैइरहेको (भोलि माघ ३ र ४ गते) २ दिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ । सत्याग्रह साप्ताहिक, काठमाडौन्युज डटकमको र अर्जुनधारा नगरपालिका वडा नं १० को संयुक्त पहलमा उक्त निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुन लागेको हो ।
अर्जुनधारा नगरपालिका वडा नं १० स्थित कालिस्थानमा (शुभतारा बोर्डिङ स्कुलको प्राङ्गणमा) शिविर रहनेगरि सत्याग्रह साप्ताहिक तथा काठमाडौन्युज डटकमका अध्यक्ष तथा प्रधान सम्पादक सीताराम ढुङ्गेलले नोबेल मेडिकल कलेज बिराटनगरबाट निःशुल्क स्वास्थ शिविर खटाउने प्रबन्ध मिलाएका हुन् ।
काठमाडौ मेडिकल कलेज र नोबेल मेडिकल कलेजकोद्वारा सामाजिक उत्तरदायित्वलाई उच्च प्राथमिकतामा राखी विभिन्न ठाउँमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालित कार्यक्रम अन्तर्गत अर्जुनधारा नगरपालिका वडा नं १० कालिस्थानमा (शुभतारा बोर्डिङ स्कुलको प्राङ्गणमा) नोबेल मेडिकल कलेजद्वारा स्वास्थ शिविर बस्न लागेको हो ।
डाक्टर, नर्स र ल्याब टेक्नेसियन सहित २५ जनाको टोलीले जनरल मेडिकल, स्त्री रोग, बाल रोग, शल्यक्रिया सर्जरी, हाडजोर्नी तथा नशा, छाला रोग, नाक, कान, घाटी, आँखा रोग, दन्त रोग, भिडियो एक्सरे, ल्याव टेस्ट सेवा, ईसिजी, युएसजी, ल्याब परिक्षण हेपाटाइटिस, सुगर, पिसाब, युरिक एसिड, रक्त समूह, युरिन, र गर्भावस्था जस्ता स्वास्थ्य सम्वन्धि समस्याहरुमा निःशुल्क स्वास्थ परिक्षण गर्ने समेत जानकारी गराइएका छ । निःशुल्क स्वास्थ्य शिविर भोलि माघ ३ र ४ गते (२ दिन) बिहान ९:०० बजेदेखि बेलुका ४:०० बजेसम्म सञ्चालन हुने छ ।
स्वास्थ शिविर निशुल्क रुपमा संचालन हुने छ भने शिविरमा आएका विरामीको थप उपचार गर्नुपरेमा नोबेल मेडिकल कलेज विराटनगरमा औषधी बाहेको ५०% छुटमा उपचार गर्ने ब्यवस्था मिलाईएको छ । स्मरण रहोस काठमाडौ मेडिकल कलेज र नोबेल मेडिकल कलेजले नेपाल सरकारको वीर अस्पताल भन्दा पनि सस्तो खर्चमा उपचार शुल्क लिने गर्दछ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *