वर्षमान पुनको कलेजो प्रत्यारोपन गरिँदै

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनको कलेजो प्रत्यारोपण गरिने भएको छ ।

लामो समयदखि जन्डिस रोगबाट ग्रसित रहेका पुनको ८० प्रतिशत भन्दा बढि कलेजो बिग्रसकेकाले कलेजो प्रत्यारोपन गर्नुपर्ने उनको उपचारमा संलग्न पेट रोग विशेषज्ञ प्रा. डा. युवराज शर्माले जानकारी दिए ।

हाल उनको सुमेरु अस्पतालमा उपचार भैरहेको छ । स्वास्थ्यमा समस्या देखिएपछि पुनलाई गत शनिबार रोल्पाबाट हेलिकप्टरमा ल्याई सुमेरु सिटी अस्पतालमा भर्ना गरिएको थियो । अस्पतालले कलेजो प्रत्यारोपणका विषयमा पुनको परिवारका सदस्य र माओवादी केन्द्रको शीर्ष नेतृत्वसँग छलफल गरिसकेको छ ।

दुर्लभ किसीमको जन्डिसबाट ग्रसित पुनले यसअघि चीनमा उपचार गरेर फर्केका थिए । डा. शर्माका अनुसार पुनको केही हप्ता वा महिनामा कलेजो प्रत्यारोपण गर्नुपर्ने देखिन्छ ।

अस्पतालमा पुनलाई भेट्न उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहितका शीर्ष नेता पुगिसकेका छन् । डा. शर्माको अनुसार पुनको स्वास्थ्य अवस्था स्थिर रहेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *