फ्रान्सेली टोली विमान दुर्घटनाबारे अध्ययन गर्न घटनास्थलमा

काठमाडौं । गत आइतवार पोखरामा भएको यती एयरलाइन्सको एटीआर विमान दुघर्टनाबारे अध्ययन गर्न फ्रान्सबाट आएको विज्ञ टोली घटनास्थलमा पुगेको छ ।

नेपाल आएका टोली एटीआर विमान निर्माता कम्पनीको नौ सदस्यीय विज्ञ टोली सो क्षेत्रमा गएको हुन् । सो विज्ञ टोलीले घटनास्थलको अवलोकन गर्नुको साथ उडानमा संलग्नहरुसँग पनि छलफल गर्ने छ र दुर्घटनाको कारण पत्ता लगाउनका लागि दुर्घटनाग्रस्त क्षेत्रमा गएका हुन् ।

नेपालमा पहिलो पटक एटीआर विमान दुर्घटना भएकाले विमान निर्माता कम्पनीले दुर्घटनाप्रति चासो दिएको हो ।

सरकारले विमान दुर्घटनापछि पूर्वसचिव नागेन्द्र घिमिरेको संयोजकत्वमा बनाएको पाँच सदस्यीय दुर्घटना जाँच आयोगले पनि पोखरामै रहेर काम थालेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जानकारी दिएका छन् ।

ब्ल्याक बक्सको रिपोर्ट आउन ढिला हुने भएकाले रिपोर्ट कहिलेसम्म आउने भन्न नसकिने उक्त आयोगका एक सदस्यको भनाइ छ ।

‘ उनका अनुसार भर्खर जाँच सुरु भएको र सम्पुर्ण विवरणको रिपोर्ट कुन बेला आइसक्ने भन्ने विषयमा एकिन हुन समय लाग्ने छ । सो रिपोर्टका लागि निकै कडा मेहनत गर्नुपर्ने उनको भनाइ छ । अहिले ने ब्ल्याक बक्सवारे केही भन्न नसकिने उनले बताए ।

पूर्वसचिव नागेन्द्र घिमिरेको संयोजकत्वमा पाँच सदस्यीय दुर्घटना जाँच आयोग गठन भएको थियो । आयोग सदस्यमा हवाई विज्ञका रुपमा नेपाली सेनाका अवकाश प्राप्त उपरथी दीपकप्रसाद बाँस्तोला र अवकाशप्राप्त क्याप्टेन सुनिल थापा रहेका छन् भने आयोगको सदस्यमा हवाई मर्मत विज्ञ एकराज जंग थापा र आयोगको सदस्य सचिवमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने रहेका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *