कांग्रेसबाट उपसभामुखमा मुक्ताकुमारी यादवको उम्मेदवारी दर्ता

काठमाडौँ । नेपाली कांग्रेसबाट मुक्ताकुमारी यादवले उपसभामुख पदमा उम्मेदवारी दर्ता गरेकी छन् । उनको प्रस्तावकमा कांग्रेसका बद्रीप्रसाद पाण्डे प्रस्तावक र समर्थकमा लोसपाका सर्वेन्द्रनाथ शुक्ला र एकीकृत समाजवादीका मेटमणि चौधरी रहेका छन् ।

यता सत्तारुढ गठबन्धनबाट भने राष्ट्रिय स्वतन्त्र पार्टीकी इन्दिरा राना मगरले उपसभामुख पदमा उम्मेदवारी दर्ता गरेकी छन् ।

उनको उम्मेदवारीको प्रस्तावकमा रास्वपाकी सोविता गौतम रहेकी छन् । साथै समर्थकमा एमालेका कृष्णगोपाल श्रेष्ठ, माओवादी केन्द्रकी नारायणी शर्मा र राप्रपा अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देन छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *