राष्टिय परिचय पत्र बनाउनुपर्ने भएकाले रबिको नागरिकता पुनः प्राप्तिको अवद्यि लम्बियो

काठमाडौं । रवि लामिछानेको नागरिकता पुनः प्राप्तिको प्रक्रिया लम्बिएको छ । काठमाडौं जिल्ला प्रशासन कार्यालयका अधिकारीका अनुसार लामिछानेले राष्ट्रिय परिचयपत्र पनि बनाउने भएपछि नागरिकता पुनः प्राप्तिको प्रक्रिया लम्बिएको हो ।

गत शुक्रबार सर्वोच्च अदालतले रविको नागरिकता अवैध भएको ठहर गर्दै नागरिकता लिने प्रक्रिया पुरा गर्न आदेश दिएको थियो । सोही अनुसार लामिछाने अहिले नागरिकता पुनः प्राप्तिका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौं पुगे । नेपाली नागरिकता प्राप्त गर्ने प्रक्रियाबारे राम्रोसंग थाहा नपाइ हतार गरेर विगतमा जस्तो नागरिकताको पुनःप्राप्तिको लागि रबि लामिछाने काठमाडौं जिल्ला कार्यलय पुगे । जोस मा होस गुमाएर हतारमा जिल्ला प्रशासन पुगेका लामिछानेको अब थप नागरिकता लिने प्रक्रिया लामो भएको छ ।

गृहले नियमित प्रक्रियाबाट नागरिकता लिन सकिने बताएपछि उनी सोहीबमोजिम प्रशासन पुगेको बताइएको छ । सर्वोच्चको फैसलामा उनले नागरिकता लिन प्रक्रिया पुरा गर्नुपर्ने मात्रै भनेकाले सोहीअनुसार सामान्य प्रक्रियाबाट नागरिकता लिने तय भएको हो ।

अमेरिकी नागरिकता त्यागेको कुरा सत्य भएपनि त्यसपछि उनले पुरानो नागरिकता आफूखुसी प्रयोग गरेको पुष्टि भएको थियो । त्यही नागरिकता उनले प्रक्रिया पुरा गरेर ब्युँताउन लागेका हुन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *