नेशनल लाईफको ब्रान्च म्यानेजर कन्फरेन्स सम्पन्न


काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी तीन दिने ब्रान्च म्यानेजर कन्फरेन्स सम्पन्न गरेको छ । ‘इण्टिलेक्चुअल ग्रोथ’ भन्ने नाराको साथ संचालन गरिएको कन्फरेन्समा १५० जना भन्दा बढिको सहभागिता रहेको थियो । चालु आ.व.को बाँकी अवधिको व्यवसायिक खाका कोर्ने उदेश्यले कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीको सभापतित्वमा सम्मेलन आयोजना गरिएको थियो । कम्पनीका शाखा प्रमुख एवं मार्केटिङ कर्मचारीहरुको दक्षता अभिवृद्धि गर्ने उदेश्यले सम्पन्न गरिएको उक्त कार्यक्रममा जीवन बीमा व्यवसायसँग सम्बन्धित वर्तमान पाटो बारे ब्रिफिङ गरिएको थियो । सीइओ खत्रीले बीमा व्यवसाय प्रतिष्पर्धात्मक र जटिल हुँदै गइरहेको स्थितीमा आफ्नो दक्षता, मेहनत र आपसी समन्वयबाट कम्पनीको व्यवसायिक लक्ष्य हाँसिल गर्न सहयोग गर्न अनुरोध गरेका थिए । कार्यक्रममा कम्पनीका सहायक महाप्रवन्धक प्रज्वल सायमीले केन्द्रिय कार्यालयबाट सम्पन्न गरिने विभागिय काम कार्यवाहीमा शाखा कार्यालयको भूमिकाका बारेमा प्रस्तुती दिएका थिए । कार्यक्रममा अन्तर्राष्ट्रिय प्रशिक्षक तरुण ओझाले व्यक्तित्व विकास सम्बन्धमा र प्रोडक्ट मिक्सिङका प्राविधिक पक्षहरुको बारेमा प्रशिक्षण दिएका थिए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *