सगरमाथा र लुम्बिनी जनरल मर्ज भई ‘सगरमाथा लुम्बिनी’ बन्ने


काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनी र लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीबीच माघ १७ गते एक कार्यक्रमबीच दुई कम्पनी एक आपसमा गाभ्ने गाभिने सम्बन्धमा अन्तिम सम्झौता भएको छ । उक्त सम्झौता अनुसार दुवै कम्पनी एक आपसमा गाभिए पश्चात बन्ने कम्पनीको नाम सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड रहने छ । त्यस्तै, दुवै कम्पनीबीचमा भएको प्रारम्भिक सहमतीको आधारमा सगरमाथा इन्स्योरेन्स कम्पनी र लुम्बिनी जनरल इन्स्योरेन्सको सेयर आदान प्रदान अनुपात स्वाप रेसियो क्रमश १०० ः ८० कायम रहनेछ ।
साथै, दुवै कम्पनीको आर्थिक वर्ष २०७८।०७९ को वित्तीय विवरणअनुसार प्रस्तावित बोनस सेयर वितरण पश्चात स्वाप रेसियो गणना गरी मर्जर पश्चात कायम हुने कम्पनीको चुक्ता पुँजी २ अर्ब ६२ करोड रुपैयाँ नाघ्ने कम्पनीले जनाएको छ । त्यसैगरी, संचालक समितिको अध्यक्षमा लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीका तर्फबाट मनोहरदास मूल र प्रमुख कार्यकारी अधिकृतमा सगरमाथा इन्स्योरेन्स कम्पनीका सीईओ चंकी क्षेत्री नै रहने छन् । संचालक समितिमा दुवै कम्पनीको तर्फबाट ३,३ जना र एक जना स्वतन्त्र सञ्चालक रहने छन् । मर्जर सम्बन्धी विशेष प्रस्ताव दुवै कम्पनीको आगामी हुने साधारणसभामा लगिने कम्पनीले जनाएको छ । अन्तिम सम्झौतापत्रमा सगरमाथा इन्स्योरेन्स कम्पनीका तर्फबाट अध्यक्ष रामकृष्ण मानन्धर र लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीका तर्फबाट अध्यक्ष मनोहरदास मुलले हस्ताक्षर गरेका छन् । उक्त कार्यक्रममा दुबै कम्पनीका संचालकहरु, प्रमुख कार्यकारी अधिकृतहरु लगायतका पदाधिकारीहरु समेतको उपस्थिति रहेको थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *