क्यानका कार्यवाहक सचिव प्रशान्त विक्रम मल्लले दिए राजीनामा

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)का कार्यवाहक सचिव प्रशान्त विक्रम मल्लले राजीनामा दिएका छन् । क्यानका एक पदाधिकारीका अनुसार मल्ले राजीनमा दिएपनि राजीनामा स्वीकृत हुन बाँकी रहेको छ ।

अशोकनाथ प्याकुरेलले २०७८ असोजमा सचिव पदबाट राजीनामा दिएपछि मल्ललाई कार्यवाहक सचिवमा नियुक्त गरिको थियो । मल्ल नेपाल टी–२० लिगमा गभर्निङ काउन्सिल अध्यक्षको भूमिकामा रहेका थिए ।

नेपाल टी–२० लिगमा प्रक्रियासंगत निर्णय नलिँदा विवाद भएको तथा कार्यसम्पादन समितिको नाममा पदाधिकारीको मनोमानी बढेको भन्दै असन्तुष्ट केन्द्रीय सदस्यहरुले मंगलबार अध्यक्ष चतुरबहादुर चन्दसहित कार्य सम्पादन समितिका पाँच जनाको राजीनामा मागेका थिए । बैठकले पूर्व कप्तान सन्दीप लामिछानेको निलम्बन फुकुवा गर्ने निर्णय गरिसकेको छ ।

क्यान बोर्ड बैठकमा १६ एजेण्डाहरुबारे छलफल जारी रहेको छ । नेपाल टी–२० लिगको रणनीतिक तथा व्यावसायिक साझेदार भारतीय कम्पनी सेभेन थ्री स्पोर्टसले सम्झौता रद्ध गर्दै पठाएको पत्रका बारेमा पनि बैठकमा छलफल जारी रहेको छ । विवादमा परेको नेपाल टी–२० लिगको सम्झौता खारेज गर्न क्यानमाथि दबाव परे पनि भारतीय कम्पनीले नै सम्झौता रद्ध गरेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *