मछिन्द्र जित बिहीन, मनाङसँग बराबरी खेल्दै जोड्यो एक अंक


काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगको तेस्रो खेलमा पनि साविक विजेता मछिन्द्र एफसी जित बिहीन बनेको छ । सुरुवाती दुई खेलमा पराजित भएको मछिन्द्रले तेस्रो खेलमा आइतबार मनाङ मर्स्याङ्दी क्लबसँग बराबरी खेल्दै अंकको खाता भने खोलेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा मछिन्द्र र मनाङले गोलरहित बराबरी खेलेका हुन् । दुवै टोलीले गोल गर्ने अवसर बनाए पनि सदुपयोग गर्न नसक्दा अंक बाँडेका हुन् । बराबरीपछि मनाङले तीन खेलबाट ५ अंक जोडेको छ । पहिलो खेलमा हिमालयन शेर्पासँग बराबरी खेलेको मनाङले दोस्रो खेलमा संकटालाई पराजित गरेको थियो । मछिन्द्रको तीन खेलबाट १ अंक छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *