सत्तापक्षमा बस्ने र प्रचण्ड सरकारमा सहभागी हुने कांग्रेस संसदीय दलको निर्णय

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठकले प्रतिनिधिसभामा सतापक्षमा बस्ने निर्णय गरेको छ । आइतबार दलका नेता एवं पार्टी सभापति शेरबहादुर देउवाको अध्यक्षतामा बसेको दलको बैठकले यस्तो निर्णय गरेको हो ।

कांग्रेस संसदीय दलले प्रचण्ड नेतृत्वको वर्तमान सरकारमा सहभागी हुने निर्णय पनि गरेको छ । आइतबार बिहान बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले संसदीय दललाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिन निर्देश गरेको थियो ।
कांग्रेस संसदको सबैभन्दा ठूलो दल हो । कांग्रेसका ८९ सांसद छन् । मनाङका टेकबहादुर गुरुङ भ्रष्टाचार अभियोगमा निलम्बित छन् । कांग्रेस आठ मन्त्रालयसहित सरकारमा सहभागी हुने तयारीमा छ । चैत १० गतेभित्रै कांग्रेस सरकारमा जाने नेताहरुको भनाइ छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *