४ जना डीआईजी एआईजीमा बढुवा

काठमाडौं । नेपाल प्रहरीका चार प्रहरी नायव महानिरीक्षक (डीआईजी) लाई अतिरिक्त महानिरीक्षक (एआईजी) बुढुवा गरिएको छ।

आज सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले बढुवा समितिले गरेको सिफारिस अनुसार बढुवाको निर्णय   गरिएकोह हो । 

सन्दीप भण्डारी, सुदीप गिरी, मीरा चौधरी र टेकबहादुर तामाङ एआईजीमा बढुवा भएका हुन्।
१७ जना एकसाथ डीआईजीमा गत असारमा बढुवा भएका थिए। ती मध्ये ८ जना एआईजी बनेका हुन् भने सोही बेला डीआईजी भएका वसन्तबहादुर कुँवर आईजीपी छन् ।

टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्य यस अघि एआईजीमा बढुवा भएका थिए । उनीहरुको पदस्थापन पनि भइसकेको छ।

राई प्रहरी राष्ट्रिय प्रशिक्षण प्रतिष्ठान, थापा प्रशासन विभाग, ज्ञवाली काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा र बज्राचार्य प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईवी) मा पदस्थापन भएका छन्।

आज बढुवा भएका एआईजीहरु कार्य विभाग, अपराध अनुसन्धान विभाग, मानव स्रोत विभाग र प्रदेश समन्वय विभागमा पदस्थापन हुनेछन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *