आइजीआई प्रुडेन्सियल वैशाख २७ गतेबाट एकीकृत कारोबार


काठमाडौं । आइएमई जनरल र प्रुडेन्सियल इन्स्योरेन्सले वैशाख २७ गतेबाट एकीकृत कारोबार गर्ने भएको छ । कम्पनीको बसेको संचालक समितिको बैठकले उक्त निर्णय गरेको हो । मर्जरपछि बन्ने नयाँ कम्पनीको अध्यक्ष हेमराज ढकाल र सीईओ युगेशभक्त बादे श्रेष्ठ बन्ने छन् । ढकाल र श्रेष्ठ दुवै आइएमई जनरल इन्स्योरेन्सका हुन् । त्यस्तै, श्रवण रावल वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत सिनियर डीसीईओ हुनेछन् । रावल प्रुडेन्सियल इन्स्योरेन्सका सीईओ हुन् । मर्जपश्चात आईजीआई प्रुडेन्सियलको चुक्ता पुँजी ३ अर्ब २ करोड रुपैयाँ पुगेको छ । दुई कम्पनी बराबरी हैसियत अर्थात स्वाप रेसियो एक बराबर एकको अनुपातमा मर्ज हुने सहमति भएसँगै कम्पनीको पुँजी बढेर ३ अर्ब नाघेको हो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *