अरुण आफ्नै धारमा फर्कियो

काठमाडौं । निर्माणाधीन ९ सय मेगावाटको अरुण तेस्रो आयोजनास्थल फ्याक्सिन्दामा सुक्खा पहिरो खसेपछि थुनिएको अरुण नदी आठ घण्टापछि आफ्नै धारमा फर्किएको छ ।

जिल्ला प्रहरी कार्यालयका डीएसपी वीरेन्द्र गोदारका अनुसार आइतबार दिउँसो २ बजेर ४५ मिनेटमा आफ्नै धारमा फर्किएको हो । आइतबार बिहान ७ बजेर ४५ मिनेटमा सुक्खा पहिरो खसेपछि अरुण नदी थुनिएको थियो ।

अरुण तेस्रो आयोजना निर्माणका क्रममा २६ मिटर अग्लो बाँध निर्माण भइसकेको छ । अरुण थुनिएपछि २६ मिटर अग्लो बाँधमा पानी भरिएपछि आफ्नै धारमा फर्किएको हो । २६ मिटर अग्लो बाँधमा पानी जमेपछि करिब दुई किलोमिटर पानी ताल भएर बसेको छ । जिल्ला प्रशासन कार्यालय र स्थानीयतहले अरुण नदी छेउछाउका बस्तीका बासिन्दालाई सजग हुन आग्रह गरेको छ ।

अरुण थुनिएपछि अरुण तेस्रोमा ड्यामसाइडको काम ठप्प भएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *