सिद्धार्थ बैंकलाई विश्व बैंकले साढे ६ अर्ब रुपैयाँ दिने


काठमाडौं । सिद्धार्थ बैंक र विश्व बैंक अन्तर्गतको आइएफसीबीच नेपालका लघु, साना तथा मझौला उद्यमीको व्यवसायमा र जलवायु वित्तपोषण लगानी गर्ने सम्झौता भएको छ । सम्झौता अनुसार आइएफसीले बैंकलाई पाँच करोड ५० लाख अमेरिकी डलर(करिब साढे ६ अर्ब रुपैयाँ) ऋण प्रदान गर्नेछ । सो ऋण आइएफसीद्वारा कुनै पनि नेपाली बैंकलाई हालसम्म प्रदान गरिएको सबैभन्दा बढी ऋण रकम भएको बैंकले जनाएको छ । यस सहकार्यसँगै बैंकले स्वच्छ ऊर्जा परियोजना, विद्युतीय सवारी साधन, जलवायु मैत्रीपुर्ण कृषि जस्ता परियोजनामा लगानी गर्नेछ ।

यस सम्झौताले लघु, साना तथा मझौला व्यवसाय स्थापना, संचालन र प्रबर्द्धन गर्न र हाल नेपालको बैंकिङ्ग प्रणालीमा कायम तरलता अभावको समस्या समाधानमा पनि केहि हदसम्म टेवा पुगी अर्थतन्त्र सुदृढ बनाउन मद्दत पुग्ने विश्वास बैंकले लिएको छ जनाएको छ । आइएफसीको ग्लोबल ट्रेड फाइनान्स कार्यक्रमको सदस्य पनि रहेको सिद्धार्थ बैंकले हालै आइएफसीद्वारा आयोजित १०औं ग्लोबल ट्रेड अवार्डमा बेस्ट अपरेसन बैंक इन साउथ एसिया २०२१ अवार्डबाट पनि सम्मानित भएको थियो । बैंकको दुई खर्ब ७३ अर्ब ८३ करोड रुपैयाँको सम्पत्ति, २ खर्ब १६ अर्ब ९६ करोड रुपैयाँ निक्षेप र १ खर्ब ८९ अर्ब ५४ करोड रुपैयाँ कर्जा पूँजी छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *