लामो दुरीको गाडी भाडा घट्यो


काठमाडौं । यातायात व्यवस्था विभागले सरकारले लामो दुरीको सार्वजनिक यातायातको भाडा घटाएको छ । डिजेल र मट्टीतेलमा प्रतिलिटर १० रुपैयाँले मूल्य घटेलगत्तै विभागले यात्रुबाहक र मालबाहक गाडीको नयाँ भाडादर सार्वजनिक गरेको हो ।
यातायात व्यवस्था विभागले घटेको मूल्य आजदेखि नै लागू भएको जनाएको छ । विभागका अनुसार यात्रुबाहक सवारी साधनमा ३.२० प्रतिशतले, पहाडी बाटोमा सन्चालन हुने मालबाहक गाडीमा ४.१९ प्रतिशतले र तराईको बाटोमा सन्चालन हुने मालबाहक गाडीमा ४.६५ प्रतिशतले भाडा घटेको छ । अन्तर प्रदेशको भाडा केन्द्र सरकारबाट र अन्तरपालिकाको भाडा प्रदेश सरकारबाट निर्धारण हुन्छ । सबैभन्दा लामो रुट काठमाडौं(अत्तरीया(मार्तडी (बाजुरा) (९४४.६ किमी) को २९५९ रुपैयाँ भाडादर कायम भएको छ ।
यस्तै, काठमाडौं(अत्तरीया(चैनपुर(९४४ किमी)को २९४३ रुपैयाँ, काठमाडौं(धनगढी(साँफेबगर (८९९ किमी)को २६९३, काठमाडौं(अत्तरीया(सिलगढीको २४०८, काठमाडौं(महेन्द्रनगरको १९१५, काठमाडौं(सुर्खेतको १७४०,काठमाडौं(धनकुटाको १७२७, काठमाडौं(विराटनगर १४९८ कायम भएको छ । त्यसैगरी महेन्द्रनगर(काँकडभिट्टा (९२२ किमी) को २४७५, सुर्खेत(धरानको २४४२ रुपैयाँ र काठमाडौं(जनकपुर ९०३, भाडा रहेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *