मृतुसगँ डरै छैन

बुढो मानिस कसरी अब म कहाँ जान सक्छु र
मेरो रहे हात गोडा के गरि खान अब सक्छु र ।
सु्स्तरि सुस्तरि हिडदै छु म सहारा छन ्तपनि
बुझदैनन् मेरो व्यथा र कथा सम्झाउँ कसलाई के भनी ।

कचेरा परेका छन मेरा आँखामा धमिलो बादल देखिन्छ
जे छ कर्ममा आखिर त्यहि पो लेखिन्छ ।
वारि र पारि हिडछन् साथिहरु छुट्याउनै म सक्दिन ।
मन मस्तिष्क सिथिल भैसके तैपनि म डक्तिन ।

गालामा हेरन मुजा परेका कानका लोति फर्किसके
मायाँमा कमि छैन तापनि आफनो आत्मियता नै तर्किसके ।
खाउँ खाउँ लाग्दछ तर के गर्नु पेट हुनेछ गढबडि
भ्याईन्न अपसोच सरमले हुन्छ मलाई हडबढि ।

आफनो शरीर आफैलाई दुर्घन्धित भए झै लाग्दछ
सोच्यो खेल्यो डुलायो सबतिर मन किन कता भाग्दछ ।
ज्ञान छ सबै मलाई तर पनि मेरो आत्मियता र्भनु
नखाउँ धेरै भन्छु म शक्ति न आखिर के गर्नु ।

घर भरि छन जहानहरु दिन्छन् मलाई साहारा
केहिको कमि छैननि मलाई ख्वाउछन् दुध पिठो अहारा ।
मेरो छ अहिले बुढ्याइँ सोच बन्दैछु बालपन
एकै छिनमा बिर्सनेछ मेरो बानि भन्छु म फेरि भन ।

मकै र भटमास चपाउने दाँतले ठाउँ छोडेर गए
कानले पनि सुन्न छोडयो अब कपाल सेता भए ।
निदाउन कोसिश गर्यो निदाउनेको भरै छैन
मृत्युसगँ डराउने म अहिले मलाई मृतुसगँ डरै छैन

खेतवारि पाखामा कमाई गरेको बल बुद्धिथ्यो पहिले
आँगनवाट जान आट छैन मेरो बस्छु घरैमा अहिले ।
आ आफनो काममा जान्छन सवै मै बुढो हुन्छु घरमा
कहिले आउँछन भनेर कुर्छु आशा छ मायाको रहरमा ।

जिउँ थिए पहिला मेरो बढि थियो नि वजन
काम अनुसार जे खाए पनि मिठो हुनेथ्यो भोजन ।
रहर जाग्दथ्यो छोरा र छोरि दायाँ र बायाँ हुदा
नौलो र उराठ लाग्छ आज बितेका ती कुरा सम्झिदाँ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *