प्रधानमन्त्री प्रचण्ड भारत प्रस्थान

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारत प्रस्थान गरेका छन् । ४९ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री चार दिने भारत भ्रमणका लागि केहीबेर अघि भारत प्रस्थान गरेका हुन् ।

प्रधानमन्त्रीलाई सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सनालगायत मन्त्रिपरिषद्का मन्त्रीहरूले बिदाइ गरेका थिए ।
प्रचण्डले बिहीबार हैदरावाद हाउसमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग औपचारिक भेटवार्ता गर्ने कार्यक्रम तय छ । प्रधानमन्त्री प्रचण्ड वैदेशिक भ्रमणमा गएपछि उपप्रधानमन्त्री पूर्णबहादुर खड्का कार्यबाहक प्रधानमन्त्री बनेका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *