भारतसँगको सीमा समस्या समाधानका लागि सिंगो राष्ट्र एकताबद्ध हुनुपर्छ : सांसद सापकोटा

काठमाडौँ । सत्तारुढ नेकपा (माओवादी केन्द्र)का सांसद माधव सापकोटाले नेपाल–भारतबीचको सीमा समस्या समाधानका लागि सिंगो राष्ट्र एकताबद्ध हुनुपर्ने बताएका छन् । सांसद सापकोटाले भारतले नेपालको भूमिसहितको नक्सा आफ्नो नयाँ संसदमा राखेर गम्भीर गल्ती गरेको समेत बताए ।

भारतको सो कदम उसकै उन्नति, प्रगति र हितको पक्षमा नरहेको उनको भनाई थियो । शुक्रबार संघीय संसद् भवन परिसरमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिनेक्रममा उनले विश्व बजारमा प्रतिस्पर्धामा जानुपर्ने बेलामा भारतले सीमामा विवाद खडा गरेर बस्नु कुनै पनि अर्थमा सही नभएको बताए ।

सांसद सापकोटाले प्रधानमन्त्री पुष्पकमल दाहालले भारत भ्रमणको क्रममा दुई मुलुकबीचको सीमा समस्या समाधानका लागि भारतीय पक्षसँग छलफल गर्नु भएको पनि दोहो¥याए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *