मुक्तिनाथ विकास बैंकले वितरण गर्यो व्हीलचेयर


काठमाडौं । मुक्तिनाथ विकास बैंकले प्रदेशमा यस महिना विभिन्न अस्पतालहरुमा व्हीलचेयर वितरण गरेको छ । बैंकले मधेश प्रदेशस्थित मधश स्वास्थ्य विज्ञान प्रतिष्ठान प्रादेशिक अस्पताल जनकपुरधाम, चन्द्रनिगाहपूर अस्पताल , गजेन्द्र नासिंह सगरमाथा अञ्चल अस्पतालमा बिरामीहरुको व्यवस्थापनका लागि आवश्यक पर्ने व्हीलचेयरहरु हस्तान्तरण गरेको छ ।

बैंकले यस कार्यबाट स्वास्थ्य क्षेत्रतर्फ आफ्नो सामाजिक प्रयास अघि गर्दै, उक्त अस्पतालमा आउनुहुने बिरामीहरुलाई केही राहत पुग्ने बैंकको धारणा छ । यस सहयोगहरुबाट बैंकले आफ्नो सामाजिक उत्तरदायित्वलाई आत्मसाथ गर्दै, यस सहयोगबाट सेवा क्षेत्रका नागरिक र व्यक्तिहरुको हितमा काम हुने विश्वास लिएको छ । साथै, बैंकले ‘मुक्तिनाथ विशिष्ट सहज कर्जा’ योजना अन्तर्गत २ करोड रुपैयाँ सम्मको कृषी कर्जा, साना तथा मझौला व्यवसाय कर्जा, घर निर्माण खरिद कर्जा, अटो तथा हायरपर्चेज कर्जा, शेयर कर्जा, शैक्षिक कर्जा, जग्गा खरीद तथा अन्य व्यक्तिगत कर्जाहरु सम्पुर्ण आवश्यक कागजातहरु पुरा गरेको ३ कार्य दिन भित्र सर्वशुलभ व्याजदरमा कर्जा प्रदान गर्दै आईरहेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *