राजेन्द्र लिङ्देन : प्रधानमन्त्रीले सिंहबारे बोल्नै नहुने अभिव्यक्ति दिनुभयो

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतीय नागरिक प्रितम सिंहबारे बोल्नै नहुने अभिव्यक्ति दिएको बताएका छन्।

शुक्रबार काठमाडौँमा आयोजित ‘नेपालको भू–राजनीति तथा सामरिक चुनौतीहरू’ विषयक विचार गोष्ठीमा बोल्दै अध्यक्ष लिङ्देनले प्रधानमन्त्री प्रचण्डले अघिल्लो पटक प्रधानमन्त्री बन्दा पनि छिमेकीका लागि कम्फटेवल सरकार बनाउनुपर्ने धारणा राखेर विदेशलाई खुसी बनाउन खोजेको आरोप लगाए । नेताहरुले विदेशीको सेवा गरेर मात्रै सत्तामा टिकिरहन सकिन्छ भन्ने मनोदशाका कारण मुलुकको भूराजनीतिक परिस्थिति पेचिलो भन्दै गएको उनले भनाई थियो ।

प्रचण्डले आफू सत्तामा टिकिरहनका लागि सिंहबारे दिएको अभिव्यक्तिले मुलुकको भूराजनीतिक अवस्था झनै गम्भीर बनाएको जिकिर गरे । अध्यक्ष लिङदेनले नेपालले भारत र चीनलाई मात्रै नभएर अमेरिकासँग पनि बराबरीको सम्बन्ध बनाएर लैजानुपर्नेमा त्यस विपरीतका काम प्रधानमन्त्री प्रचण्डबाट भएको भन्दै आपत्ति जनाए ।

अध्यक्ष लिङ्देनले नेपाली सेनाको संख्या कटौती गर्न नहुने पार्टीको अडान पनि राखे । मुलुकको राष्ट्रिय एकता कमजोर भइरहेका बेला नेपाली सेनाको संख्या कटौती गर्नुपर्छ भन्ने प्रस्ताव आउनु राम्रो नभएको उनले बताए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *