एलओडीका म्यानेजरसहित दुई कर्मचारी पक्राउ

काठमाडौँ । प्रहरीले काठमाडौंको ठमेलस्थित एलओडीका म्यानेजर सहदेव सेढाईंसहित दुई जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंले बालिकालाई क्लबमा प्रवेश गराएको घटनामा अनुसन्धान गर्न सेढाईं र काउन्टरमा काम गर्ने सपना ढुंगानालाई पक्राउ गरेको हो ।

एलओडीमा गएकी एक १६ वर्षकी बालिका बलात्कृत भएको घटनापछि प्रहरीले उमेर नपुगेको व्यक्तिलाई क्लबमा प्रवेश गराएको भन्दै अनुसन्धान जारी राखेको छ । यही प्रकरणमा यसअघि एलओडीका सञ्चालक रुदिल बल्लभ श्रेष्ठ र राजुसिंह सुवाल पक्राउ परेका थिए ।

यद्यपि, घटना भएका बेला क्लबमा नरहेको भन्दै उनीहरुलाई उपस्थित हुनुपर्ने अवस्थामा आउने गरी छुटेका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *