पार्टीका सांसदहरुलाई प्रभावकारी भूमिका निभाउन प्रधानमन्त्री प्रचण्डको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसद्मा पार्टीका सांसदहरुलाई प्रभावकारी भूमिका निभाउन निर्देशन दिएका छन् ।

सोमबार बसेको माओवादी संसदीय दलको बैठकमा प्रचण्डले यस्तो निर्देशन दिएको माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए ।

‘दलका नेता समेत रहनुभएका प्रधानमन्त्रीले संघीय संसदमा सांसदहरुको भूमिका थप प्रभावकारी बनाउन निर्देशन दिनुभयो । साथै संसदीय समितिका सभापति चयनका बारेमा समेत बिफिङ गर्नुभयो’,बैठकपछि पाण्डेले प्रचण्डको भनाइ उदृत गर्दै भने, ‘संसद खुलाउन प्रमुख प्रतिपक्ष दलका नेतासहित अन्य दलका नेतासँग छलफल गरेर ठोस निष्कर्ष निकालिन्छ र संसद अवरोध हट्छ भन्ने हामीलाई विश्वास छ । ’

बैठकमा उपाध्यक्ष समेत रहेका उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले केन्द्रीय कमिटी बैठकको मुल भाव तथा संघीय संसदमा प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसदहरुले खेल्नुपर्ने भूमिकाबारे जानकारी गराएको पाण्डेको भनाइ छ । त्यसक्रममा श्रेष्ठले सरकारले तीनवटा विधेयक (संघीय शिक्षा ऐन, निजामति कर्मचारी र प्रहरी सम्बन्धि विधेयक)दर्ता गर्ने तयारीमा रहेको जानकारी समेत गराएका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *