एक वर्षमा नेपालमा सवा १२ खर्ब रेमिट्यान्स भित्रियो

काठमाडौं । नेपालमा एक वर्षमा सवा १२ खर्ब रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार गत आर्थिक वर्ष ०७९\८० मा नेपालमा १२ खर्ब २० अर्ब ५६ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । जुन अघिल्लो वर्षको भन्दा २१.२ प्रतिशतले बढी हो ।

अघिल्लो आव २०७८/७९ मा नेपालमा १० खर्ब सात अर्ब ३१ करोड रेमिट्यान्स भित्रिएको थियो । आर्थिक वर्ष २०७८/७९ मा विप्रेषण आप्रवाह ४.८ प्रतिशतले वृद्धि भई १००७ अर्ब ३१ करोड पुगेको राष्ट्र बैंकले जनाएको छ । । अघिल्लो वर्ष विप्रेषण आप्रवाह ९.८ प्रतिशतले बढेको थियो ।

अमेरिकी डलरमा विप्रेषण आप्रवाह २.२ प्रतिशतले वृद्धि भई आठ अर्ब ३३ करोड पुगेको छ । अघिल्लो वर्ष ८.२ प्रतिशतले बढेको थियो । सो बर्ष रेमिट्यान्स आप्रवाह ४.८ प्रतिशतले बढेको थियो । तथ्यांकअनुसार अमेरिकी डलरमा विप्रेषण आप्रवाह १२.१ प्रतिशतले वृद्धि भई नौ अर्ब ३३ करोड पुगेको छ ।

वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत) नयाँ लिने नेपालीको संख्या ४०.३ प्रतिशतले वृद्धि भई चार लाख ९७ हजार ७०४ पुगेको छ । अघिल्लो वर्ष यस्तो संख्या ३९२ प्रतिशतले बढेको थियो । वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा वर्षमा १.८ प्रतिशतले कमी आई दुई लाख ७७ हजार २७२ पुगेको छ । अघिल्लो वर्ष यस्तो संख्या १९८.५ प्रतिशतले बढेको थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *