ललिता निवास प्रकरण : २८६ प्रतिवादीको नामावली सार्वजनिक को–को परे सुचीमा ? (सुचिसहित)

काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले बालुवाटारको सरकारी जग्गा प्रकरणमा संगठित रुपमा कीर्ते गरेको आरोपमा २८६ जनालाई प्रतिवादी बनाउन राय दिएको छ।

व्युरोले बिहिबार ललिता निवास जग्गा प्रकरणमा २८६ जनाको नामावली सार्वजनिक गरेको हो । सार्वजनिक सुची अनुसार उक्त जग्गा प्रकरणमा सीआईबीले व्यापारीहरु, पूर्वमन्त्रीदेखी विचौलिया समेतलाई सजाय हुने जनाएको छ ।

सीआईबीले पूर्वमन्त्रीहरु विजयकुमार गच्छदार, डम्बर श्रेष्ठ, चन्द्रदेव जोशी र संजय साहलाई पनि प्रतिवादी बनाएर प्रतिवेदन पेश गरेपनि उनीहरुलाई फरार सुचीमा राखेर सिआईबीले प्रतिवेदन बुझाएको छ । सीआईबी जोशी र गच्छदारलाई सीआईबीले बयान लिएको थियो । केही प्रतिवादीले भने यस अघि नै ललिता निवास जग्गा प्रकरणमा सीआइबीमा निवेदन पेश गरेर जग्गा फिर्ता गर्ने जनाएका थिए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *