एनआईबिएल प्रगति फण्डको लाभांश घोषणा


काठमाण्डौं । एनआईबिएल म्यूचुअल फण्ड अन्तर्गत संचालित एनआईबिएल प्रगति फण्डले लाभांश घोषणा गरेको छ । फण्डले इकाईधनीहरुलाई कर सहित ६.८ प्रतिशत लाभांश बितरण गर्ने निर्णय गरेको छ । एनआईएमबी एस क्यापिटल योजना व्यवस्थापक रही सञ्चालनमा रहेको एनआईबिएल प्रगति फण्डको आ.व.२०७९।८० को लेखापरीक्षण कार्य सम्पन्न भएको हो।

योजनाको लेखापरीक्षण कार्य सम्पन्न भए लगतै योजना व्यवस्थापक एनआईएमबी एस क्यापिटलको बसेको सञ्चालक समितिको बैंठकले आ.व.२०७९।०८० का लागि एनआईबिएल प्रगति फण्ड योजनाका इकाईधनीहरुलाई कर सहित ६.८ प्रतिशतका दरले हुन आउने ५ करोड १० लाख रकम बराबरको प्रतिफल बितरण गर्ने निर्णय गरेको हो। लाभांश बितरणको लागि बुक क्लोज पछि तय गरिने क्यापिटलले जनाएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *