एटीएम मेसिन तोडफोड गर्न खोज्ने पक्राउ


भक्तपुर । भक्तपुर नगरपालिका–१०, कमलविनायक भत्केको पाटीस्थित नबिल बैंकको एटीएम मेसिन तोडफोड गरी चोरी गर्न खोज्ने पक्राउ परेका छन् । दाङको बबई गाउँपालिका–२ बस्ने २४ वर्षीय पूर्णबहादुर खासुलाई गएराति प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी वृत्त जगाती भक्तपुरबाट खटिएको प्रहरीले उनलाई एटीएम मेसिन तोडफोड गरी चोरी गर्न खोजेको अवस्थामा फेला पारी पक्राउ गरेको हो । उनको साथबाट एक थान मार्तल, एक थान फलामको रड र एक थान ह्याक्सो प्रहरीले बरामद गरेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *