राप्रपा कार्यालय नभत्काउन उच्च अदालतको आदेश


काठमाडौ । धुम्बाराहीस्थित राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्यालय तत्काल नभत्काउन उच्च अदालत पाटनले अन्तरिम आदेश जारी गरेको छ । उच्च अदालत पाटनका न्यायाधीशद्वय सुभाष पौडेल र नारायणप्रसाद पौडेलको संयुक्त इजलासले बुधबार अन्तरिम आदेश जारी गरेको हो ।

घर भत्काउनेबारे एकजना जग्गाधनीलाई मात्र जानकारी गराएको भन्दै तत्कालाई नभत्काउन अन्तरिम आदेश भएको हो । दुवै पक्षलाई झिकाएर छिटो फैसलाका लागि अग्राधिकार दिने पनि आदेश भएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *