सुजुकीको चाडपर्व लक्षित अफर,एक लाख बराबरको नगद छुट


काठमाडौं । नेपालका लागि सुजुकी गाडीको आधिकारिक विक्रेता सीजी होल्डिङ्ग अटोमोटिभ डिभिजन सीजी मोटोकर्पले ‘सुजुकी पर्वोत्सव अफर’ सार्वजनिक गरेको छ । कम्पनीले दशैं तथा तिहार लगायतका चाडपर्वलाई लक्षित गर्दै ‘पर्वोत्सव’ योजना ल्याएको छ । ग्राहकले सुजुकीको गाडी किन्दा एक लाख बराबरको नगद छुट पाउनुका साथै एक लाख रुपैयाँसम्म एक्सचेन्ज बोनस र एक वर्षको सवारी बीमा निःशुल्क पाउनेछन् ।

काठमाडौंमा भदौ २६ बाट सुरु हुने नाडा अटो शोको पूर्वसन्ध्यामा कम्पनीले पर्वोत्सव योजना सार्वजनिक गरेको हो । यस योजना अन्तर्गत नाडा अटो शोमा थप छुट समेत उपलब्ध गराउने कम्पनीले बताएको छ । यो योजना नेपालभर रहेका सुजुकी गाडीका सोरूमहरुमा लागू हुने कम्पनीले बताएको छ । सुजुकीका विभिन्न मोडलका गाडीमा फरक–फरक छुटका शर्तहरु लागू हुने कम्पनीले बताएको छ । यो योजना सीमित अवधिका लागी मात्र जारी गरिएको कम्पनीको जनाइएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *