विराट कोहलीको डान्स पछि ‘कुटुमा कुटु’ गीत रातारात झन हिट

काठमाडौं । एसिया कप क्रिकेटअन्तर्गत सोमबार राति नेपाल र भारतबीचको खेल रोमाञ्चक भएको थियो । साहसिक ब्याटिङमार्फत नेपालले भारतसामु चुनौती पेश गर्‍यो ।

श्रीलंकामा आयोजित उक्त प्रतिस्पर्धा केवल ‘खेल’मा मात्र सीमित नरहेर खेलको क्रममा मैदानमा देखिएका क्याजुअल दृश्यले नेपाली फ्यानलाई मोहित तुल्याएको थियो । नेपालले ब्याटिङ गरिरहँदा भारतले फिल्डिङ गरिरहेको थियो । त्यस क्रममा रंगशालामा चर्चित नेपाली गीत ‘कुटुमा कुटु सुपारी दाना’ समेत बजाइयो । उक्त गीतमा भारतीय क्रिकेटर विराट कोहलीले नृत्य गरेपछि यसले चर्चा बटुलेको छ ।

मंगलबार भारतीय अनलाइन पोर्टलहरुमा यो गीतमा विराटले गरेको डान्सले प्राथमिकता पाएको छ । टाइम्स अफ इन्डिया लगायतका मिडियाले नेपाली फिल्मको गीतमा विराटले गरेको डान्सलाई लिएर समाचार लेखेका छन् । विराटको यो डान्सलगत्तै नेपाली अभिनेता आसिफ शाहले लेखे, ‘दुई कुराले खुसी छु । टिम नेपालले २३० रन बनाउनु र विराट कोहलीले कुटुमा कुटुमा नाच्नु ।’ फिल्म ‘दुई रुपियाँ’मा समावेश यो गीतमा अभिनेत्री स्वस्तिमा खड्कासँगै आसिफले पनि अभिनय समेत गरेका छन् ।

सो हितमा कोहलीको डान्स पछि गित झन झनै हित भईरहेकको छ साथै सो हितले अहिले सामाजिक संजाल तताईरहहेको छ । छ वर्ष पुरानो सो गित हाल नेपालको सबैभन्दा धेरैपटक हेरिएको भिडियो अन्र्तगत पर्दछ । अहिले सो हितमा नयाँ नयाँ प्रतिक्रयाहरु आईरहेका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *