प्रधानमन्त्री प्रचण्डको अमेरिका–चीन भ्रमण – दलहरुबाट आ-आफ्नो सुझाव

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आसन्न अमेरिका–चीन भ्रमणको तयारी तीब्र चलिरहेको छ । सोहि क्रममा बिभिन्न दलबाट दलका नेताहरुले तर्क वितर्क राखिरहेका छन् ।

यसैमा प्रधानमन्त्री प्रचण्डले आफ्नो चीन भ्रमणमा कस्ता बिषय प्राथामिकतामा राख्छन् । छिमेकिसँगको सन्तुलित सम्बन्ध कायम गर्न यो भ्रमण कत्तिको फलदायी हुन्छ होला भन्ने जस्ताकुरा धेरैको मनमा आईरहेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड असोज पहिलो साता चीन भ्रमणमा निस्किन लागेका छन् । तर, यो भ्रमण सोझै काठमाडौं बेइजिङ भने हुनेछैन् । पहिला प्रधानमन्त्री प्रचण्ड अमेरिकाको न्यूयोर्कमा हुने संयुक्त राष्ट्रसंघीय महासभामा सहभागि भई उतैबाट चीन प्रस्थान गर्ने कार्यतालिका रहेको छ ।

नेपालमा मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) कार्यान्वयन पछि हुन लागेको प्रधानमन्त्रीको चीन भ्रमणको प्रभावकारीताबारे भने विभिन्न प्रश्नहरु उब्जिएका छन् । यसैमा आइतबार प्रधानमन्त्री प्रचण्डले भ्रमणका बिषयमा शीर्ष नेताहरु, परराष्ट्रविद् र सरोकारवालासँग छलफल समेत गरेका छन् ।

छलफलका क्रममा बिभिन्न पार्टीका नेताबाट सुझाव

परराष्ट्रविद् रोमशनाथ पाण्डे : प्रधानमन्त्रीले भ्रमणका क्रममा सचिव स्तरबाट हुने वार्ता र योजनामा भन्दा पनि भारत र चिनसँग विश्वासको वातावरण निर्माण गर्न भुमिका खेल्नुपर्ने सुझाव दिएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी : प्रधानमन्त्रीको चीन भ्रमणलाई लिएर ७ बुँदै लिखित सुझव दिएको छ ।

रास्वपा : प्रधानमन्त्रीले आफ्नो चीन भ्रमणमा नागरिकले थाहा पाउनेगरि नेपालको चुच्चे नक्साबारे धारण राख्नुपर्ने सुझाव छ ।

जनमत पार्टीका अध्यक्ष डा. सीके राउत : गरिबी निवारणमा चीनको रणनीतिबाट नेपालले धेरै सिक्नुपर्ने धारणा राखेका छन् ।

डा. राउतले गरिबी निवारणमा चीनले ठूलो सफलता पाएको र त्यसको अनुभवबाट नेपालले पनि गरिबी निवारणमा काम गर्न सक्ने बताए ।

छलफलमा नेताहरुले छिमेकिहरुसँग सन्तुलित कुटनीतिक सम्बन्ध कायम गर्न जोड दिनुपर्ने, विगतका सम्झौता कार्यान्वयनको अवस्थाबारे समिक्षा गर्नुपर्ने, नेपालको असंलग्न परराष्ट्रनीतिबारे छिमेकिहरुलाई विश्वासमा लिनुपर्ने, फर्टिलाईजर क्षेत्रमा चीनको सहयोग माग्नुपर्ने लगायतका बिषयमा जोड दिएका थिए । छलफलमा सहभागिहरुले अन्तराष्ट्रिय सम्बन्ध र कुटनीति बलियो राख्न अनुशासन पनि मुख्य कुरा भएकाले त्यसलाई पनि विशेष ख्याल गर्न प्रधानमन्त्रीलाई सचेत गराएका छन् । साथै शारीरिक हाउवाउमा पनि ध्यान दिन सुझाएका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *