मुक्तिनाथ विकास बैंकले वैकल्पिक ऊर्जामा लगानी गर्ने


काठमाडौं । मुक्तिनाथ विकास बैंक र वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रबीच सस्टेनेबल इनरर्जी च्याजेन्ज फण्ड अन्तर्गत कर्जा लगानी गर्ने सम्झौता भएको छ । यो सम्झौता बमोजिम बैंकले बैकल्पिक उर्जा क्षेत्रमा लगानी विस्तार गर्नेछ । बैंकको यो कदमले नवीकरणीय उर्जा उत्पादन वा प्रयोगमा प्रोत्साहन गर्न तोकिएका क्षेत्रहरुमा सहज रुपमा कर्जा लगानी गर्ने वातावरण विकास भएको छ ।

विगतदेखि नै बैंकले वातावरण प्रदुषण तथा जलवायु परिवर्तनले पारेको असर न्यूनीकरण गर्ने क्षेत्रमा कर्जा लगानी गर्दै आएको छ । सहकार्यले वातावरण संरक्षण र हरित उर्जा क्षेत्रमा कर्जा लगानी गर्न थप उत्प्रेरणा मिलेको बैंकले जनाएको छ । उक्त सम्झौतामा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेल तथा वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका तर्फबाट कार्यकारी निर्देशक नवराज ढकालले हस्ताक्षर गरेका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *