सांग्रिला बैंकद्वारा वित्तीय साक्षरताका लागि प्रभातफेरी


काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले वित्तिय साक्षरता जागरणका लागि भैरहवामा प्रभातफेरीसहितको वित्तीय साक्षरता कार्यक्रम गरेको छ । बैंकले भदौ २२ गते भैरहवा क्षेत्रको बुद्धचोक हुँदै देवकोटा चोक, बैंक रोड, जिल्ला प्रशासन टोल, नारायण टोल र पुन बुद्धचोकमा पुगेर प्रभातफेरीसहितको वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको हो ।

कार्यक्रममा उच्च व्यवस्थापनका कर्मचारी, विभागीय प्रमुखहरु, क्लष्टर प्रमुखहरु र देशभरका सम्पूर्ण शाखा प्रमुखहरुको उपस्थिति थियो । वित्तीय साक्षरतासम्बन्धी कार्यक्रमले सो क्षेत्रका जनतालाई प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा फाइदा पुग्ने विश्वास बैंकले लिएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *