प्रधानमन्त्री प्रचण्डले गरे छोङछिङ एकेडेमी अफ एग्रिकल्चरल साइन्सेन्सको अवलोकन

बेइजिङ । चीनको साताव्यापी औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड मंगलबार छोङछिङ एकेडेमी अफ एग्रिकल्चरल साइन्सेन्सको अवलोकन गरेका छन् ।

मंगलबार बिहान छोङछिङ पुगेका प्रधानमन्त्री प्रचण्डले एकेडेमी अफ एग्रिकल्चरल साइन्सेन्सको अवलोकन गरेका हुन् । छोङछिङमा प्रधानमन्त्री प्रचण्डलाई छोङछिङ महानगरका उपप्रमुख डाङ यानजेङ र चाङ गउजीले छोङछिङ विमानस्थलमा स्वागत गरे । सोही क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग चिनियाँ कम्युनिष्ट पार्टी सिपिसीको केन्द्रीय समितिको राजनीतिक ब्युरो सदस्य एवं सो पार्टीको छिङछोङ महानगरपालिका सचिव युआन चियाचुनले छोङछिङ शहरमा भेटवार्ता गरेका छन् ।

गत शुक्रबार न्यूयोर्कबाट साताव्यापी भ्रमणका लागि चीन पुगेका प्रधानमन्त्री प्रचण्ड चीनमा भइरहेको १९ औं एसियाली खेलकुदको उदघाटन समारोहमा सहभागी भए भने उच्चस्तरीय राजनीतिक भेटवार्ता गरेका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *