नेपाल लाइफको ५ लाख २३ हजार कित्ता सेयर बिक्रीमा


काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको संस्थापक सेयर बिक्रीमा राखिएको छ । इन्स्योरेन्स कम्पनीको संस्थापक सेयरधनी प्रुडेन्सियल म्यानेजमेन्ट कम्पनीको नाममा रहेको ५ लाख २३ हजार ११२ कित्ता सेयर बिक्रीमा राखिएको हो । संस्थापक समूहको उक्त सेयरको मूल्य तोकिएको छैन ।

कम्पनीको सेयरमा संस्थापक सेयरधनीले ३५ दिनभित्र आवेदन पेश गर्नु पर्नेछ । यदि सो अवधिमा आवेदन नपरेमा सर्वसाधारण लगानीकर्तालाई बिक्री खुला गरिने कम्पनीले जनाएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *