एक वर्षका लागि डिसहोम फाइबर नेट जोड्दा दुई वर्षको सेवा


काठमाडौं । दसैँको अवसरमा डिसहोम फाइबर नेट जोड्दा ग्राहकले एक वर्षको पैसामा दुई वर्ष सेवा लिन पाउने अफर लम्बिएको छ । घटस्थापनाबाट सुरु भएको अफर मंसिर ३ गतेसम्मका लागि लम्ब्याइएको कम्पनीले जनाएको छ । अफरअन्तर्गत नयाँ ग्राहकले ५० एमबीपीएसदेखि ३०० एमबीपीएससम्मका प्याकेज जडान गर्दा एक वर्षको पैसा तिरी दुई वर्षसम्म सेवा पाउने छन् ।

ग्राहकले ५० एमबीपीएसदेखि २५० एमबीपीएससम्म फाइभ–जी राउटर पाउने र ३०० एमबीपीएसको प्याकेज लिने ग्राहकले वाईफाई–६ राउटर पाउने कम्पनीले जनाएको छ । कम्पनीले छठ पर्वको दिनसम्म अर्थात् मंसिर ३ गतेसम्मका लागि अफर थप गरेको जनाएको छ । यो अफरका लागि नजिकैको डिसहोम डिलरमा सम्पर्क गर्न सकिने कम्पनीले बताएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *