ट्रष्ट माइक्रो इन्स्योरेन्सले पायो लाइसेन्स


काठमाडौं । नेपाल बीमा प्राधिकरणले ट्रष्ट माइक्रो इन्स्योरेन्सलाई औपचारिक रुपमा निर्जीवन लघु बीमा व्यवसाय सञ्चालन गर्न इजाजतपत्र दिएको छ । आइतबार प्राधिकरणले उक्त कम्पनीलाई लघुबीमा व्यवसाय गर्न लाइसेन्स दिएको हो । प्राधिकरणका अनुसार लघुबीमा व्यवसाय सञ्चालन गर्ने कम्पनीहरुको न्यूनतम चुक्तापूँजी ७५ करोड रुपैयाँ हुनुपर्नेछ ।

प्राधिकरणले यसअघि लघुबीमा व्यवसाय गर्न ७ वटा कम्पनी छनोट गरेतापनि ६ वटा कम्पनीले मात्रै लाइसेन्स पाएका थिए । यसअघि ट्रष्ट माइक्रो इन्स्योरेन्सले तोकिएको चुक्तापूँजी पुर्‍याउन नसक्दा समयमा लाइसेन्स पाउन सकेको थिएन । ट्रष्टको प्रधान कार्यालय लुम्बिनी प्रदेशको बुटवलमा रहने छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *