बालकोटमा ः जग्दीश लक्ष्मी नजिकमा,लक्ष्मी जग्दीश नजिकमा



“हाँस्न पाउनु र दयालु हुनु मात्र यस्तो चिज हो,जसले मानिशलाई जनावर भन्दा राम्रो बनाउँछ”(–रस्किन बाँण्ड ।)
सङ्घर्षपूर्ण तवरले दैनिक गुजारा गर्दे छोरा छोरीलाई पढाएर पत्रिका चलाउनु अहिलेको समयमा चानचुन कुरा हैन । ठूला घरका मेडीयालाई त सकश परेको अवस्थामा ‘लोकलय मासिक’लाई बिगत आठबर्ष देखी निरन्तर चलाई रहेका व्यवस्थापक देवकी थापा बस्नेत र प्रबन्ध निर्देशक ईश्वर बस्नेतको मिहनत र परिश्रमले अरुलाई प्रेरणा दिनसक्छ ।

अवकाश जीवन बिताउँदै गरेको म र मेरो परिवार लोकलय मासिक सम्बद्ध यी दुई दम्पतिको परिश्रमको उदाहरण अरुहरुलाई पनि दिने गरेका छौँ ।

बि.सं.२०८० बैशाख १३ गतेको दिन यी दुई दम्पतिको बिबाह भएको २२ औँ बर्ष पुगेको सन्दर्भमा उनीहरु खुशी भएर धानको खेत नजिकमा उभिएर लिएको तस्वीर सामाजिक सञ्जालमा साझा भएको थियो । यसपालीको दशैँ मनाउँदै गर्दा मैले यो छविचित्रबारे आफ्नी धर्मपत्नीसँग कुरा राख्दै देखाएँ । “यी भाईबहिनी कति खुशी देखिएका छन्,हामी पनि सवै दुख विर्सेर एक अर्कामा खुशीहरु साटनु पर्छ”भनेर रामले चित्रकुटमा सीताको काखमा सुतेको काव्य श्लोक भन्दै गर्दा मलाई पनि रमाइलो काव्य कथा लेख्न मन लाग्यो र तलका पंक्तिहरु कोरेँ ः
(१)पाँच बर्ष भएछ आन्तरिक रोगको लागि अस्पताल गएको छैनौँ हामी । शरीर भित्र जे जे भएपनि,जुनजुन नटबल्टु खिएपनि,रक्तबहावमा जाम छलछाम जे जे भएका रहेछन् भनेपनि अहिलेसम्म हाँसेर टार्ने गरेका छौँ । सामाजिक सञ्जाल लगायत सामाजिक रुपमा हामीसँग सम्बद्ध हाम्रा सवै आदरणीयहरु,शुभेच्छुकहरु,आफन्तहरु, छिमेकीहरु,टोलबासीहरु ,मित्रहरु सवैलाई कुनै रोग नलागोस् र लागेपनि सबै ठीक हुनेछ भनेर शुभेच्छापूर्ण कामना गर्दै हामी हजूरहरुलाई पनि दुख भूलेर केही क्षण भएपनि रमाउनु हुनेछ भन्दै शुभेच्छापूर्ण कामनाको जोगार गर्दैछौँ ।
(२)रामायणमा आफु लङ्कामा बन्धक हुँदा सीताको अवस्था तथा युद्ध रणनीति तयगर्नको लागि बस्तुस्थिति अध्ययन गर्न गएका हनुमान समक्ष देवी सीताले उवाच गरेकी मूल श्लोक मेरी धर्मपत्नीले यसरी सुनाइन– “ एक दिन हे हनुमान् , म चित्रकुटमा राम्का नजिकमा थियाँ । मेरा काखमहाँ सुत्या र रघुनाथ् हात्को तकीया दियाँ ।।(–श्रीसुन्दरकाण्ड,भानुभक्त रामायण । नेपाल ।) ।

एक दिन पनि बढी हैन एक दि न पनि घटी हैन पुरै ४ बर्ष नेपालको सवभन्दा पहिलो बैङ्क नेपाल बैङ्कमा सुव्वा सरहको बरिष्ठ सहायकमा स्थायी जागिरे,त्यसपछि कृषि विकाश बैङ्कमा ३ महिना स्थायी अधिकृत हुँदै नेपाल सरकारको ३२ बर्ष सेवा गरेको मैले,त्रिभुवन विश्व विधालयबाट कानून तथा व्यवस्थापन गरी २ वटा एवं पूर्वाञ्चल विश्वबिधालयबाट शिक्षा तर्फ एक शैक्षिक उपाधी लिएको मैले, ५ बर्ष नेपाल सरकारको तालिम केन्द्रमा बरिष्ठ प्रशिक्षक भएर प्रशिक्षण दिएको मैले,सय भन्दा बढी गन्थन प्रकाशित गरेको मेरो लठेब्रो दिमागले मेरी धर्मपत्नीले सुनाएकी रामायणको माथीका श्लोकलाई आफ्नै भावमा रुपान्तर–रिमिक्श भर्सनमा देहाय अनुशारको अर्थपो लगाउन पुगेछ ः
(२क) जग्दीश उवाच– “एक दिन हे साथी हो , म बालकोटमा लक्ष्मी नजिकमा थियाँ । मेरा काखमहाँ ढल्कीन्या र गुहलक्ष्मी हात्को तकीया दियाँ ।।”
(२ख) लक्ष्मी उवाच– “एक दिन हे सखी हो , म बालकोटमा जग्दीश नजिकमा थियाँ । मेरा काखमहाँ सुत्या र स्वामीनाथ् पिठ्युँमा हात राख दियाँ ।।”
(३)(शब्दार्थ ः बालकोट.नेपाल खाल्टो–काठमाण्डौँ उपत्याका भित्रको एक जिल्ला भक्तपुर अर्न्तगत पर्ने सूर्यबिनायक नगर पालिका वार्ड नम्बर ०२ तथा ०३ को संयुक्त क्षेत्र,नेकपा एमालेका वर्तमान अध्यक्ष तथा पूर्व प्रम–पीएम खड्गप्रसाद अर्थात केपी शर्माओलीको यस क्षेत्रमा स्थायी बसोबास भएकाले उहाँका प्रिय समर्थकहरुबाट यस संयुक्त बालकोट क्षेत्रलाई ‘ल’अक्षर लुप्त गरी “‘बा’–कोट” पनि भन्ने गरेका छन् रे भन्ने हल्ला सुनिएको ।
जग्दीश.महादेव,जगतका इश्वर,ब्रह्माण्डको राजा,संसार या सृष्टि कै स्वामी,कसैले भगवान श्रीरामलाई एवं भगवान बिष्णुलाई पनि पुकार्ने नाम,यहाँ प्रयोग गरिएको यस जग्दीश शब्दले चाहिँ लक्ष्मीलता बराल९उपाध्याय शर्मा पोखरेल आत्रेय०को स्वामी–पतिदेव म जगदीशराज बराल उपाध्याय घुतकौशीकलाई जनाउँछ । गृहलक्ष्मी.देवी लक्ष्मी,श्रीलक्ष्मी,श्रीदेवी,भूदेवी ,माता पार्वती,माता महालक्ष्मी,सिन्धुकन्या,अन्नपूर्णा,सावित्री,राधिका,
राजेश्वरी,चन्द्रा,विरजा,पद्मावती,मालती,कन्दब माला,सुशीला,माता सीता,राजलक्ष्मी,यहाँ प्रयोग गरिएको यस गृहलक्ष्मी शब्दले चाहिँ मेरी गृहलक्ष्मी–अर्धाङ्गीनी–धर्मपत्नी–पत्नी लक्ष्मीलता बराललाई जनाउँछ । नेपाली रामायणमा सीतालाई नदेख्दा–नभेट्दा रामको मुखबाट ‘प्राण प्यारी’शब्द ब्यक्त गर्न भानुभक्तले लगाउनु भएको थियो । जोगार(मैथीली).ब्यवस्था,उपाय । उवाच.ब्यक्त गर्नु,भन्नु,कुरा गर्नु । साथी.मित्र,दोस्त,प्रेमी,सखी आदि,यहाँ प्रयोग गरिएको यस साथी शब्दले सामाजिक सञ्जालमा मसँग जोडीनु भएका समेत सवै इष्ट मित्रलाई जनाउँछ । म.प्रस्तुत यो रमाइलो ब्यहोरा कोर्न तारतम्य मिलाउने हामी दम्पती म जगदीशराज बराल उपाध्याय घुतकौशीक र उनी लक्ष्मीलता बराल(उपाध्याय शर्मा पोखरेल आत्रेयलाई समेत जनउँछ)। ढल्कीन्या.विश्राम गर्नु,आराम गर्नु,सुत्नु,पल्टनु,कोल्टे पर्नु । सखी.साथी,मित्र,सहेली,यस सखी शब्दले सामाजिक सञ्जालमा लक्ष्मीलता बरालसँग सामाजिक सञ्जालकमा समेत जोडीनु भएका उनका सवै साथी इष्टमिहरुलाई समेत जनाउँछ । स्वमीनाथ्.पतिदेव,पतिनाथ,स्वामी,लोग्ने । यस स्वामीनाथ शब्दले चाहिँ लक्ष्मीलता बराल(उपाध्याय शर्मा पोखरेल आत्रेय) को पतिदेव–स्वामीनाथ् म जगदीशराज बराल उपाध्याय घुतकौशिकलाई जनाउँछ)।
पिठ्युँ.कुम,ढाड । (४)(छविचित्र श्रेय ः लेखकका दम्पतीको लेखक आफैँबाट–कार्तिक १० गते अक्टोबर २७ तारिख,कार्तिक ११ गते अक्टोबर २८तारिख बि.सं.२०८०ई.सं.२०२३ । लोकलयका पत्रकार बस्नेत दम्पतिको इश्वर बस्नेतको सामाजिक सञ्जालको भित्ताबाट–बैशाख १३,२०८० अप्रिल २६ई.सं.२०२३
। श्रीराम तथा सीताको क्यूरा–गुगल इन्टरनेट ३१ अक्टोबर ई.सं.२०२३ नेपाली समय दिनको ४.१० ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *