सिटिजन्स बैंकका ग्राहकलाई द द्वारीकाज् होटलमा छुट


काठमाण्डौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र बत्तिसपुतलीस्थित द द्वारीकाज् होटल बीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहक ग्राहकहरूले द द्वारीकाज् होटल द्वारा सञ्चालित माकोज् रेस्टुरेन्ट र तोरन रेस्टुरेन्टमा १० प्रतिशत सम्मको आकर्षक छुट पाउने बैंकले जनाएको छ। यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित हुने विश्वास लिएको बैंकले उल्लेख गरेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *