कांग्रेसको ५ प्रदेशको सम्मेलनको मिति तोकियो


काठमाडौं । नेपाली कांग्रेसको गण्डकी प्रदेशको सम्मेलन पुस ३ र ४ गते हुने भएको छ । सम्मेलन पोखरा सभागृहमा हुनेछ । ४५० भन्दा बढी प्रतिनिधि सहभागी हुने कांग्रेसका गण्डकी प्रदेश महामन्त्री किरणबाबु श्रेष्ठले जानकारी दिए । संघीयतापछि कांग्रेसले पहिलो पटक प्रदेश सम्मेलन गर्दैछ ।

कांग्रेसको मधेश प्रदेश सम्मेलन पुस ५ र ६ गते, बागमतीको पुस ७ गते, कोशीको पुस ९ गते र लुम्बिनीको मंसिर १६ र १७ गतेका लागि तय भएको नेपाली कांग्रेसले जनाएको छ । कर्णाली र सुदूरपश्चिमको सम्मेलन भने टुंगो लागेको छैन ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *