निजगढको पुरानो जङ्गलमा सिर्जित जैविक विविधता नयाँ रुखले धान्दैन


(१)“यदि गरीबहरुको समस्या र पिँडाहरुको लागि प्रकृतिको नियम जिम्मेवार नभएर हाम्रो ब्यवस्था जिम्मेवार होभने हामी निकै ठूलो अपराधी हौँ ”(–चार्ल्स डार्विन ) । ई.सं.२०२३ को नोभेम्बर ३० देखी डिसेम्बर १२ सम्म संयुक्त अरव इमिरेट्सकोको दुवईमा यूएन फ्रेम वर्क कन्भेन्सन अन क्लाईमेट चेञ्ज– एनएफसीसीसी,कन्फ्रेन्स अफ द पार्टीजको २८ औँ बैठक–कोप २८, जारी भै रहेको छ । यस अवशर पारेर हो की कशो सूर्तिजन्य वस्तु–प्लाष्टिकको बट्टामा प्याकिंग गरिएका सुर्ती, गुट्खा र पान पराग बेच्न नपाईने र सार्वजनिक स्थानमा चुरोट, बिडी वा सिगार धूमपान गर्न नपाईने भने पहिलो चरणमा बिक्री बितरणमा रोक लगाएको सूचना मंशीर १२गते बि।सं।२०८०मा काठमाडौँ महानगरपालिकाले जारी गरेको थियो । ‘तपाईले लाउनु भएको प्रत्येक बोट बिरुवाको हाँगामा चरीले चिरबीर गरून र मेरो पनि त्यहाँ घर होस’ भन्ने भारतका साहित्य लेखक फूलचन्द गुप्ताको शिकारी सम्बन्धी कवितामा शिकारीहरु कसरी जनावरको शिकार गर्छन भन्दै राजनीतिका पात्रहरुलाई समेत ब्यङ्ग गरेको देहायको कविता अहिलेको जलबायु बैठकमा स्रभान्तहरुको नै तामझाम हुने भएकाले सान्दर्भिक ठानेर हिन्दीबाट नेपालीमा भावानुबाद गरेको छु । “मैले सोचेँ म पनि उनीसँग सहभागी हुन जाऔँ,उन कै एक भाग बनौँ यसो गरेमा नोक्शानी हुन बाट नभए पनि,मृत्युबाट त बँच्न सक्छु उनी शिकारी हुन,एउटा शिकारीको शिकार त गर्दैनन् ठूलै संख्यामा छन उनीहरु,शिकारीहरुको अरु कुनै समूह पनि शिकार गर्न पाउने छैनन् मेरो उनीहरु जे खान्छन्,म पनि त्यही खान्छु,पीउँछु,उनी जे पीउँछन् लाउछु,ओढ्छु जे लाउछन उनले त्यस्तै नै बश्त्र दुरुस्त उनकै नै जीवन बाँच्नेछु,पालना गर्नेछु म पनि शिकारी कै धर्म मैले सोचेँ, तर,मैले यस्तो गर्न पाइनँ उनी दूधजस्तो सेता छन,म काले डिङ्गर कशरी म उनीहरुको बीँचमा देखिनु–बकुल्लाको हुलमा काग जस्तै ? उनीहरु स्वभाविक बिनम्र रुपमा खान्छन,म पाखे कोची कोची खान्छु। उनी ढल्की ढल्की हिँड्छन्,म हिँड्छु ढङ्ग न बङ्गले उनको पोशाक नै चिल्लो सुकिलो स्त्री लाएर मिलाएको,मेरो त कटकटीएको मुजै मुजा परेको उन कै धर्म मानौँ भने पनि त,आफ्नो संस्कारमा बाँधीएको म हत्या गर्न पाउँदिन,कताबाट ल्याउँनु उनको जस्तो कलेजो ? उनीसँग सहभागी भएर पनि,उनले मेरो भाषाको भावार्थ बुझ्ने छैनन्जन्म उनकै मान्छे भएपनि मेटीदैन उनको–मेरो बीँचको अन्तर मैले सोचेँ,ज्यूँदै रहौँला या नरहौँला,उनको विरुद्धमा हुनु नै उचित हुन्छ ।(–फूलचन्द गुप्ता,२०२१। ‘तिमिर का दुर्ग’–कविता संग्रहबाट‘मैँने सोचा’ शीर्षकको एक कविता । बोधि प्रकाशन, जयपुर,राजस्थान,भारत । ई.सं.२०२१ ।)
(२) यदी हामीले जीविका गर्ने शैलीमा परिवर्तन गर्न,क्रमिक रुपमा बिस्तारै बृद्धि गर्न,नाफा न्यून गर्न,र स्वतन्त्र बजार पूँजीबादलाई समाप्त गर्ने कुनै पनि जलबायु कार्यहरुमा कुनैपनि सरकारले सही तयार छैनन् भन्ने कुरा इमान्दार सत्य हो । जसको कारणले हामीहरुले भयानक अराजकतालाई चकमा दिन सक्दैनौँ भनेर बेलायतका जलबायु बैज्ञानिक प्रो।बील मेगुयैरले धनेको कुराले कोप २८ बाट पनि धेरै आशा गर्ने अवस्था छैन ।
“The honest truth is that no government is ready to sign up to any climate action that will change the way we live, slow growth,minimise profit, and end free-market capitalism .This is why we will not dodge dangerous  chaos.”(- Prof Bill McGuire,Climate Scientist-Activist-Writer )
कोप–२८ बैठकमा प्रधानमन्त्री पुष्प कमल दाहालको नेतृत्वमा सहभागिता जनाइएको छ । दुवई प्रस्थान गर्नु केही दिन अघि उहाँले अब बन ऐन संसोधन हुने र रुख काटन सजिलो गर्ने –बिकाश अब अबरोध नहुने –सुकुम्बाशी ले पनि लाल पुर्जा पाउने भनेर भनेको भन्ने डिजिटल पत्रिकाको सामाजिक सञ्जालमा साझा भएको थियो,सम्बन्धित निकायमा गएर बुझने मेरो इच्छा भएपनि सकिन । नेताहरुलाई आफ्नो तत्काल फायदा हुने कुरामा कर्मचारी ‘आदेश पालक’ भै दिऊन भन्ने चाहन्छन ।जेहोस,चर्चा गरिए अनुशारको वन ऐनमा संशोधन भएमा अब बिकाशको नाममा निजगढ मात्र हैन सबै वनका सबै गढहरु काटन बाधा नहोला । पुराना काटेर रोपीने नयाँ रुखले पुरानो जैविक विविधता मात्र हैन कार्वन न्यून गर्ने क्षमता राख्न सक्दैनन् । बिकाशमा बिरोधी भएका रुख काट्न पाउँदा विकाश तथा उन्नतीबाट चमत्कार गर्नेहरु सवै खुशी नै हुन्छन हैनर ? जव बन वातावरण पढेका सम्बद्ध विज्ञ कर्मचारीहरुलाई वन–जैवीक बिबिधताको मायाँ छैन भने अरूलाई केको मतलब । त्यसो भए अब वन वातावरण कर्मचारीलाई पनि बोटबिरुवा बिकाश बिरोधी भएका हून त ? ‘ब्यूरोक्रेटिक पॉलिटिक्स’अली अली पनि चलेँन त–यो पोलिटिक्शले यसो गर्नैपर्छ भनेर दावी गर्न व्यवस्थापकीय अधिकारको व्यवस्था त छ जस्तो लाग्छ ? सबै नेताहरु एक भएका छन,आतुर छन बन काटनलाई ।

बन काटेपछि सबै निरीह जनावर बचेको रुख वनभित्र मिलेर बस्नु परे जस्तै गरी बस्नु पर्ने हैन क्यारे उहाँहरुलाई ।यदि नीजगढको बन नजोगाउने हो भने कोप–२८ मा गएर सङ्कटको गुहारगर्ने नैतिकता राख्नु हूँदैन,प्रमलार्ई बिगतमा बनले संरक्षण गरेको पक्कै बिर्सनु भएको छैन–उहाँलाई लोभ लालच पक्कै छैन होला,देश तथा जनताको हितमा काम गर्न डर त झन हुने कुरै भएन ९यो लेख मार्फत खवरदारी मात्र हो ।
(३) “जसको डर हामी सबैलाई हुने गरेको छ सुन्दैछु,उहाँ आफैँ डराईरहनु भएको छ ”(–अरुण अवध,साहित्य लेखक । भारत । सामाजिक सञ्जालको भित्ताबाट । ३० नोभेम्बर २०२३ )। प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ले गत सेप्टेम्बर महिनामा संयुक्त राष्ट्रसङ्घको महासभामा गरेको सम्बोधनमा –(क) बिश्वले नै अभूतपूर्व प्रकृति चुनौतिहरुको सामना गरिरहेको,जलबायू परिवर्तनले दिगो विकाशका प्रगतीमा चुनौति प्रस्तुत गरेको।


(ख)जलबायु परिवर्तन विश्वव्यापी सङ्कटका रुपमा देखिएकाले स्पष्ट रुपमा कार्यतालिका सहितको योजना र प्रतिबद्धता जनाउँनैपर्छ । नेपाल पेरिश सम्झौताको कार्यान्बयन र लक्ष्य प्राप्तिको लागि पूर्ण प्रतिबद्ध भएर ई.सं.२०४५ सम्ममा कार्वन उत्सर्जन शुन्यमा झार्ने नेट–जिरोको महत्वकांक्षी लक्ष्य निर्धारण गरेको अनि राष्ट्रिय निर्धारित प्रतिबद्धता–एनडीसी पेशगरी आफ्नो देशको राष्ट्रय नीति र योजनासँग तादाम्यतागर्दै प्रभावकारी अनुकुलन र न्यूनीकरण उपाय र हरित तथा उत्थानशील अर्थतन्त्रको प्रबर्द्धनसहित जमिन,जङ्गलर जलश्रोतको संरक्षण एवं दिगो व्यवस्थानगर्ने प्राथमिकता तय गरिएको । (ग) जलबायु वित्तमा सहज पहुँचले न्यूनकार्बन र जलबायु उत्थानशील विकाशका लागि मार्ग प्रशस्ती गर्छ । हानी तथा नोक्शानी कोष,एकसय अमेरिकी डलर करको प्रतिबद्धता पूर्ति,अनुकूलन तथा जलबायु वित्तको दोवर बृद्धि जस्ता पक्षहरुपनि त्यत्तिकै महत्वपूर्ण छन् । ४५ प्रतिशत सघन जङ्गल सहितको जैविक विविधता भएकाले हरितगुह ग्यास उत्सर्जन न्यून भएर पर्याबरण संरक्षणमा योगदान पुगेपनि जलबायु सङ्कटको अग्रपङ्किमा भएको छ।।।जस्ता पक्षहरु उजागर गर्दै बढी सहयोग होशभन्ने आशा गरेको नेपालीले सुनेका थिए । शैक्षिक अनुबन्धन दिने काम होश या डाँडा काँडामा पर्या अध्यनले नगर्नु भनेपनि–जे भनेपनि केवल कार वा होटल प्रबद्धर्नका विषयहरु हुन वा बिगतका देश र जनताको लागि अशजिला देखिने कामहरु किन पुष्पकमल दाहाल नै प्रधानमन्त्री भएको बेला किन पेश गरेर उहाँलाई असजिलो पार्ने काम हुन्छ ? उहाँलाई प्रयोग गरेर अरु चोखिने काम त हैन ? कति चाँडैँ अध्ययन बिश्लेषण नगरी मिल्छ भन्नु हुन्छ प्रचण्ड ? यस्ता काम गरेर आफ् प्रयोग भएको जानकारी त हुनुपर्छ उहाँमा की केही निहित स्वार्थका उदेश्य पो छन की भनेर जन चासो बढेको छ । प्रचण्डमा–ज्ञान र जानकारी भएकै मानिश हो उहाँ । जम्बो टोली गएको(नेपाल समाचार पत्र) भन्ने समाचार पढीएकाले नेपालको कोप २८ को मिशन चाहिँ सफल होस–शुभकामना । तर,वन ऐन बारे कुरा पूरा नबूझीएकाले मेरो यो प्रकृति प्रेमको चासो मात्र हो । पाठक हजूरहरुबाट पूरा जानकारी पाउने र वन ऐनको संशोधनले पर्यावरण,जैविक विविधतालाई अशर पर्ने,तथा जलबायु सङ्कटमा बल पुग्ने लागेमा खवरदारी हुने समेत आशा गर्दछु ।

काँग्रेस नेता राहुल गाँधीले इण्डियामा अशारमा रोप्नु भएको धान अहिले त पाकेछ काटनु भएको तस्वीर सामाजिक सञ्जालमा साझा भएकोमा मैले चाहिँ उहाँ राहूल गान्धी आफैँ प्रकृतिसँग आबद्ध भएको प्रकृति प्रेमी भएको बारे अनुभूति गरेँ ।
( तस्वीर ः सामाजिक सञ्जाल २०२३ । मार्फत गूगल इन्टरनेट ई.सं. २०२३ ।)

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *