बिन्धबासिनी सहकारीले सदस्यलाई कुक, बेकरी र कफी बनाउने तालिम दिने


काभ्रे । बिन्धबासिनी बचत तथा ऋण सहकारी संस्थाले सदस्यहरुलाई तालिम दिने भएको छ । सदस्यहरुमा सीपको विकास गरी स्वरोजगार बनाउने उद्देश्यका साथ संस्थाको आयोजना र सुपरनोभा तालिम केन्द्र बनेपाको प्राविधिक सहयोगमा ४५ दिने कुक, बेकरी र कफी बनाउने तालिम दिन लागेको हो । आधारभूत तहको शिक्षा प्राप्त जुनसुकै सदस्यले सहभागिता जनाउन पाउने तालिमका लागि मंसीर मसान्तभित्र आवेदन दिनुपर्ने सूचनामा जनाइएको छ । तालिम प्रशिक्षणको शुल्क तथा प्रशिक्षण सामग्री शुल्क संस्थाले नै व्यहोर्ने संस्थाले जनाएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *