बीएण्डबी हस्पिटलले ९ महिनामै गर्‍यो १ अर्बमाथिको कारोबार


काठमाडौं। बीएण्डबी हस्पिटलले सन् २०२२।२३ को नौ महिनामा १ अर्ब रुपैयाँभन्दा बढीको व्यापार (अपरिष्कृत) गरेको छ। बीएण्डबीले सन् २०२१।२२ मा १ अर्ब ३२ करोड रुपैयाँको कारोबार गरेको थियो। हस्पिटलले २०२०।२१ मा ९४ करोड ८० लाख, २०१९।२० मा ८५ करोड ९० लाख, २०१८।१९ मा १ अर्ब रुपैयाँभन्दा बढीको व्यापार गरेको थियो।

एक सय शय्याको अस्पताल सञ्चालन गर्न स्वीकृति पाएको बीएण्डबीमा डा. अशोककुमार बास्कोटा, डा. जगदीशलाल वैद्यसहित उनीहरुको परिवारको सेयर स्वामित्व छ। अस्पतालको अकुपेन्सी दर बढेर ५९ प्रतिशत पुगेको छ। बीएण्डबीले ९२ करोड रुपैयाँको बैंकिङ कर्जाका लागि इक्रा नेपालबाट रेटिङ पाएको छ। ८६ करोड ५४ लाख रुपैयाँको दीर्घकालीन कर्जाका लागि एनपी एल डबल बी प्लस र ५ करोड ५० लाख रुपैयाँको अल्पकालीन कर्जाका लागि एनपी एफोर प्लस रेटिङ पाएको छ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *