सिटिजन्स बैंकको सञ्चालकमा अर्याल


काठमाडौं । सिटिजन्स् बैंक इन्टरनेसनलको सञ्चालक समितिले अर्याललाई स्वतन्त्र सञ्चालकमा नियुक्त गरेको छ । तत्कालीन नेपाल ग्रिन्डलेज बैंक (हालः स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल लि.) बाट बैंकिङ्ग करियर शुरु गरेका नवनियुक्त स्वतन्त्र सञ्चालक अर्याल विगत ३२ वर्षदेखि बैंकिङ्ग क्षेत्रमा संलग्न छन् । उनीसँग कुमारी बैंक तथा साविकको नेपाल क्रेडिट एण्ड कमर्श बैंकमा प्रमुख कार्यकारी अधिकृतको रुपमा ७ वर्षको कार्यअनुभव समेत रहेको छ ।

त्रिभुवन विश्व विद्यालयवाट एम.बि.ए. हासिल गरेका उनले स्वदेश तथा विदेशमा गरी दर्जनौ बैंकिङ्ग सम्बन्धी विशेष प्रशिक्षण लिएका थिए । साथै, उनीसँग लेखा परीक्षण तथा प्राध्यापनको समेत अनुभव रहेको छ । यसअघि बैंकको स्वतन्त्र संचालकमा नेपाल सरकारका पूर्व सचिवद्वय बालकृष्ण प्रसाई तथा अवनिन्द्र श्रेष्ठ एवम् प्रतिष्ठित वाणिज्य बैंकका पूर्व प्रमुख कार्यकारी अधिकृतहरु सुदेश खालिङ्ग तथा अनिल ज्ञवालीले समेत योगदान गरेका थिए । नयाँ स्वतन्त्र सञ्चालक अर्यालको नियुक्तिमा बैंकलाई सुशासन तथा बैंकिङ्ग जग थप मजवुत बनाउन सहयोग पुग्ने विश्वास बैंकले लिएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *