जारी प्रधानमन्त्री कप महिला टी–२० मा कोशी प्रदेशको लगातार दोस्रो जित

काठमाडौं । जारी प्रधानमन्त्री कप महिला टी–२० राष्ट्रिय प्रतियोगितामा कोशी प्रदेशले लगातार दोस्रो जित हासिल गरेको छ । शुक्रबार सम्पन्न खेलमा कोशी प्रदेशले बागमती प्रदेशलाई ८ विकेटले पराजित गरेको हो ।

बागमतीले दिएको ८८ रनको लक्ष्य पछाएको कोशी प्रदेशले १८.१ ओभरमा २ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । यसअघि पहिला ब्याटिंग गरेको बागमतीले २० ओभरमा ८ विकेट गुमाउदै ८७ रन बनाएको थियो ।

यो जितसँगै कोशीले लगातार दोस्रो जित हासिल गरेको छ । यस अघि विहिबार कोशी प्रदेशले कर्णाली प्रदेशलाई १० विकेटले पराजित गरेको थियो । यो जितपछि कोशीको २ खेलमा ४ अंक भएको छ । त्यस्तै बागमती प्रदेशको भने २ खेलमा एक जित र एक हारसँगै २ अंक रहेको छ ।

अब कोशी प्रदेशले आइतबार मधेश प्रदेशको सामना गर्ने छ भने बागमती प्रदेशले गण्डकी प्रदेशसँग खेल्ने तालिका रहेको छ ।
  
 

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *