कांग्रेसले भोलि राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाउने

काठमाण्डौं । नेपाली कांग्रेसले सोमबार लोकतन्त्र प्राप्तिका लागि पटक पटक आन्दोलनमा योगदान गरेका, बृहत शान्ति सम्झौताका पक्षधर, विभिन्न राष्ट्रिय राजनीतिक दलका शीर्ष नेताहरूको उपस्थितिमा ४८ औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाउन लागिएको प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले बताए। कार्यक्रम सोमबार दिउँसो १ बजे कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको हलमा हुने उनले बताए। कार्यक्रमका लागि नेकपा (एमाले), नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा, नेमकिपा लगायतका शीर्ष नेतालाई निम्तो दिइएको कांग्रेसले जनाएको छ।

कांग्रेसले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लाई भने कार्यक्रममा निम्तो दिएको छैन। ‘वक्ता धेरै हुने भएकोले निश्चित मापदण्ड बनाइयो। राष्ट्रिय मेलमिलाप भनेपछि बिपीको विचारलाई कार्यान्वयन गर्नका लागि नेपालमा लोकतन्त्र नै मूल विषय हो। प्रजातन्त्र नै मूल विषय हो । ‘यो विषयमा लामो समयसम्म योगदान गर्ने मानिसहरू वक्ता रहने भनेपछि नेमकिपाका नारायणमान बिजुक्छे, लोकतान्त्रिक आन्दोलनमा उहाँको योगदान छ। चित्रबहादुर केसीको योगदान छ। रास्वपा मात्र होइन अरू पनि छुटेका छन्। मापदण्डभित्र नपरेका पार्टी छुटेको हुन सक्ने उनले बताए। कांग्रेसका संस्थापक नेता बिपी कोइरालाले २०३३ साल पुस १६ गते राष्ट्रिय एकता तथा मेलमिलाप लिएर स्वदेश फर्केको दिनलाई कांग्रेसले ुराष्ट्रिय एकता तथा मेलमिलापु दिवसका रूपमा विभिन्न कार्यक्रम गरी मनाउने गरेको छ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *