‘सदस्यसँग जेष्ट आइडियोलोजी साकोस विस्तारित मञ्च’

काठमाडौं । न्युरोडमा मुख्य कार्यालय रहेको जेष्ट आइडियोलोजी बचत तथा ऋण सहकारी संस्थाले ‘सदस्यसँग जेष्ट आइडियोलोजी साकोस विस्तारित मञ्च’ कार्यक्रम आयोजना गरेको छ। संस्थाको शिक्षा उप–समितिको संयोजन तथा सेवा केन्द्र काँडाघारिको आयोजनामा कार्यक्रम गरिएको हो । सदस्यहरुलाई संस्थाप्रति थप अपनत्वको भावना विकास गर्ने उद्देश्यकासाथ अझै गुणस्तरीय, विश्वसनीय र विस्तारित सेवा प्रदान गर्न कार्यक्रम गरिएको जनाइएको छ । कार्यक्रमका प्रमुख वक्ता सञ्चारकर्मी नरेश भट्टराईले सदस्यहरुसँग प्रत्यक्ष रुपमा जोडिएर कारोबार गर्ने सहकारीमा समस्या नआउने बताए । उनले जेष्ट आइडियोलोजी सहकारीले सदस्य हितमा गरेका गतिविधिबाट आफू प्रभावित भएको र सदस्य पनि बन्ने प्रतिवद्धता ब्यक्त गरे । कार्यक्रममा संस्थाका सचिव बाबुराम आचार्यले कार्यक्रमको उद्देश्य, दिगो संस्था निमार्णमा सदस्य शिक्षाको भूमिका र महत्वको बारेमा जानकारी गराए ।

संस्थाका व्यवस्थापक आरती श्रेष्ठले जेष्ट आइडियोलोजी सहकारी संस्थाको वर्तमान अवस्था, संस्थाले प्रदान गरिरहेको सेवा सुविधा, वित्तीय साक्षरता, सहकारीमा प्रविधिको प्रयोग, सहकारीमा सदस्यहरुको भूमिका जस्ता विषयमा जानकारी दिइन । संस्थाका अध्यक्ष हेमबहादुर कार्कीको संयोजनमा भएको कार्यक्रममा संस्थाका सञ्चालक, सल्लाहकार समिति, विभिन्न उपसमिति तथा सदस्य गरी ४ सय जनाको सहभागीता रहेको थियो । संस्थाले हरेक सेवाकेन्द्र तथा मुख्य कार्यालयबाट विभिन्न समयमा सदस्यसंग संस्थाजस्ता सदस्य भेटघाट कार्यक्रम आयोजना गर्दै आएको छ । कार्यक्रममा जेष्ट आइडियोलोजी सहकारीमा आबद्ध सदस्यहरूद्वारा उत्पादित घरेलु सामाग्रीहरूको प्रदर्शनी समेत गरिएको थियो । प्रदर्शनीमा शिलतारा मसला उद्योगद्वारा उत्पादित सामाग्री, वायाङ डेरी उद्योगद्वारा उत्पादित सामाग्री, निस ट्रेडिङ कम्पनीद्वारा उत्पादित सामाग्री, पिस स्पोर्ट हाउसद्वारा उत्पादित सामाग्री र नबिना श्रेष्ठद्वारा उत्पादित हस्तकला सामाग्री राखिएको थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *