एनएलजी इन्स्योरेन्सको लाभांश घोषणा

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीको सञ्चालक समितिको पुस २९ गते बसेको बैठकले गत वर्षको नाफाबाट ५.७८ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।

कम्पनीले गत आर्थिक वर्ष २०७९।८०को नाफाबाट सेयरधनीहरूलाई हाल कायम चुक्ता पुँजी १ अर्ब ४५ करोड ९२ लाख ७५ हजार रुपैयाँको ५.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२९ प्रतिशत नगद गरी कूल ५.७८ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । कम्पनीले प्रस्ताव गरेको उक्त लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात् सेयरधनीहरूलाई वितरण गरिने कम्पनी सचिव मनोज श्रेष्ठले जानकारी दिए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *